चलचित्र ‘ए’को शुभमुहूर्त सम्पन्न

चलचित्र ‘ए’ को छायांकन सुरु भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स र थ्रिलर चलचित्र ‘ए’को शुभमुहूर्त गरी छायांकन सुरु गरिएको हो । 

मंगलबार कलाकार रवि गिरीले मुहूर्त टेक दिएर सुरु भएको चलचित्रको काठमाडौं, बनेपा र साँगामा छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ ।

यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्टिम गुरुङ, रिस्ता बस्नेत र रवि गिरी रहनेछन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समीक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की र गीता विष्ट छन्  । बालकलाकारमा जसिका घिमिरे, अभिमानसिहं बस्नेत, प्रतीक भुजेल र रुपेश थापा चयन भएका छन् । 

भोमन कटुवाल र आकाश उखेडाको पटकथा तथा संवाद रहेको यो चलचित्रको छायांकन मोहनकुमार झिल्लुले गर्नेछन् । सम्पादन अनिलकुमार महर्जनले गर्नेछन् ।  

प्रल्हाद काफ्लेको लगानीमा बन्न लागेको यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्दै छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया