नेकपा एमालेको माधवकुमार नेपाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय भेलाप्रति आपत्ति जनाउँदै महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेका छन् ।
नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा उनले नेकपा (एमाले)ले कुनै पनि भेला आयोजना नगरेको बताएका छन् ।
अनाधिकृत रुपमा गुटगत भेला नगर्न–नगराउन आग्रह गर्दै महासचिव पोख्रेलले भनेका छन्, ‘त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।’
भेलामा सहभागी हुनेलाई कारबाही हुने चेतावनी दिँदै उनले भनेका छन्, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।