क्याट्रिनाले भनिन्– ब्रेकअपपछि रणबीरसँग पाँच पटक कुरा गरेँ

एजेन्सी– यसअघि बलिउडमा निकै जमेको जोडी हो, अभिनेत्री क्याट्रिना कैफ र अभिनेता रणबीर कपुरको । यी दुईले ‘अजब प्रेमकी गजब कहानी’, ‘राजनीति’, ‘जग्गा जासुस’मा रिलमा जोडीको भूमिका पनि निर्वाह गरे । तर, उनीहरुको प्रेम सोचेजस्तो अगाडि बढेन । बीचमै ब्रेकअप भयो । त्यसपछि यी दुईले आफ्नो सम्बन्धबारे खासै बोलेका छैनन् । 

अब फेरि यी दुई एउटा मोबाइल विज्ञापनका लागि जोडिएका छन् । त्यसैले पनि क्याट्रिनाले यसबारे बोलेकी छिन् । 

मुम्बई मिररका लागि दिएको एक अन्तर्वार्तामा क्याट्रिना कैफले भनेकी छिन्, ‘म फेरि आफूलाई निर्माण गर्नुभन्दा अगाडि निकै चोट सहेँ, जे भयो त्यसलाई सहन मलाई अप्ठ्यारो त थियो तर मलाई त्यो समयमा आमाले भन्नुभयो– यस्तो सबैलाई हुन्छ । त्यही आमाको कुराले नै मलाई सहज बनायो ।’

उनले ब्रेकअपपछि आफूले विभिन्न फिल्ममा काम गर्दा पनि समस्या भोगेको बताएकी छिन् । र, ब्रेकअपपछि रणबीरसँग यस विषयमा पाँच पटक मात्र कुरा गरेको उनले बताएकी छिन् । ‘तर, अब रणबीरसँग कुनै पनि फिल्ममा काम गर्दिनँ होला,’ उनले भनेकी छिन् ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ५:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया