मस्तिष्कमा नसा फुटेर रगत जमेको त छैन ?

एजेन्सी– हाम्रो शरीरमा मुटुले रगत पम्प गरिरहेको हुन्छ । त्यस्तो रगत विभिन्न अंगमा पुर्याउने काम चाहिँ धमनीले गर्छन् । तर, धमनीको पर्खाल कहिलेकांही कमजोर हुनसक्छ । त्यसले गर्दा रगतको दबाब झेल्न नसकेर ती पर्खाल टुट्ट पनि सक्छन् । यसलाई ऐन्यरिज्म पनि भनिन्छ । जब यस्तो हाम्रो मस्तिष्कमा हुन्छ, त्यसलाई मष्तिस्क ऐन्यरिज्म भनिन्छ । 

विभिन्न अध्ययनले देखाएका अनुसार विश्वमा प्रत्येक एक सय व्यक्तिमध्ये तीन जनामा यो समस्या देखिन्छ । अर्थात्, यी तीनजनाको दिमागमा रक्तस्राव भइरहेको हुनसक्छ । मष्तिष्कको पछिल्लो भागमा नसा फुट्ने समस्या अझ बढी हुनसक्ने धेरैको अनुमान हुन्छ ।

जे होस्, मस्तिष्कमा कुनै नशा फुटेको खण्डमा त्यसलाई ब्रेन स्ट्रोक वा मस्तिष्क पक्षघात पनि भनिने गरिन्छ । एक अनुमानका अनुसार महिलाहरुमा ब्रेन ह्यामरेज वा पक्षघात हुने सम्भावना पुरुषमा भन्दा ५० प्रतिशत बढी हुन्छ । 

यसको ठ्याक्कै यो कारणले हुन्छ भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, उच्च रक्तचापलाई यसको विशेष कारण मानिन्छ । युनिभर्सिटी अफ ससेक्समा गरिएको एक अध्ययनअनुसार यस्तो चाहिँ वंशानुगत कारणले पनि हुनसक्छ ।

ऐन्यरिज्म भयो भने हामीले विभिन्न लक्षणबाट यसको पत्तो पाउन सक्छौँ । जब हाम्रो आँखा धुमिल हुन्छन्, टाउको निकै दुख्छ, बोल्न दिक्क लागिरहेको हुन्छ, त्यस्तो समयमा हाम्रो मस्तिष्कमा धमनी फुटेको हुनसक्ने सम्भावना अत्यधिक हुन्छ ।

त्यसैले केही समय हुनेवित्तिकै चिकित्सककहाँ पुगिहाल्नु पर्छ । 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार २३:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया