नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
विभिन्न मिडियामा जोशीको निधन भनेर आएका खबरहरु झुटो भएको र उनको अहिले उपचार भइरहेको जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । झाले भने, उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, बाहिर जेजति हल्ला आएका छन्, त्यसको सत्यता छैन ।
अस्पतालका अनुसार जोशीको ब्रेनमा समस्या देखिएको छ । प्रेसर लो छ भने फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको छ । जोशीको उपचार भइरहेकाले अपुष्ट हल्लाको पछि नलाग्न अस्पतालले आग्रह गरेको छ ।
नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले पनि जोशीको निधन नभएको जानकारी दिएकी छन् । सामाजिक सञ्जालमार्फत उनले जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उल्लेख गरेकी छन् ।
नेपाली कांग्रेसका नेता श्री नविन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरूप्रति हाम्रो गम्भीर...
Posted by Nabindra Raj Joshi on Tuesday, March 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।