इटालियन क्लब एटलान्टालाई पन्छाउँदै स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एटलान्टालाई ३-१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४-१ गोल अन्तरको जित निकाल्दै रियल च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न सफल भएको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियलको जितका लागि करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियोले गोल गरे । एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए । पहिलो लेगमा रियलले १-० को जित निकालेको थियो ।
रियलका लागि खेलको ३४औँ मिनेटमा बेन्जेमाले, ६०औँ मिनेटमा रामोसले पेनाल्टीमार्फत ८५औं मिनेटमा मार्काे एसेन्सियोले गोल गरे । सब्सटिच्युट खेलाडी एसेन्सियोले मैदान पसेको चौथो मिनेटमै गोल गरेका थिए ।
एटलान्टाका लागि एकमात्रै गोल खेलको ८३औँ मिनेटमा लुइस मुरिएलले गरे । लुइसको गोलमार्फत खेलमा फर्कन प्रयास गरेपनि एटालान्टामाथि रियलको दबदवा कायमै रह्यो । समग्रमा ४-१ को जितसँगै रियलले अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
🏁 FP: @realmadrid 3-1 @Atalanta_BC (Global 4-1)
— Real Madrid C.F. (@realmadrid) March 16, 2021
⚽ @Benzema 34', @SergioRamos 60' (p), @marcoasensio10 84'; Muriel 83'#Emirates | #UCL pic.twitter.com/oEJf8RmaTw
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।