संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित न्यायाधीशको सुनुवाइ अघि बढाउने
फाइल तस्बिर

संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । समितिको बैठक आज बिहान साढे ११ बजेका लागि डाकिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाकारी दिए ।

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बस्ने बैठकमा सर्वोच्च अदालतका न्यायाधीश सिफारिस भएका व्यक्तिहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने महासचिव डा. गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

यसअघि न्याय परिषद्को फागुन २८ गतेको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनमा कार्यरत कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका थिए ।

सर्वोच्चमा चुँडाल र सुवेदीको सिफारिससँगै उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस भएका थिए । सिफारिस हुनेहरूमा न्याय सेवाका कर्मचारी, जिल्ला अदालतका न्यायाधीश र कानुन व्यवसायीहरू समेत रहेका छन् ।

नायव महान्यायाधिवक्ता रहेका नारायणप्रसाद पौडेललाई उच्च अदालत, पाटन र कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पाटन, पोखराको न्यायाधीशमा सिफारिस गरिएको छ ।

जिल्ला न्यायाधीशहरूबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेलको नाम सिफारिस भएको छ । न्याय सेवा रा.प. प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।



अधिवक्ताबाट रसुवाका फुर्वा तामाङ, सिराहाकी श्रीधर कुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनम सिंह (चन्द), काभ्रेका सागर विष्ट, सिराहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम सिफारिस भएका हुन् ।



  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ९:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया