कञ्चनपुरमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो । 

महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा पन्तको मृत्यु र अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा परेर गाडीमा सवार अन्य ६ जना घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । विङ्गरको पछाडिको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार ११:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया