सर्वोच्चका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिले सोसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । 

समितिको यो निर्णयसँगै सार्वजनिक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्तावित न्यायाधीशहरुविरुद्ध समितिमा उजुरी गर्न सकिने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालको नाम सिफारिस गरेको थियो । 

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १६:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया