डोल्पामा डोजर पल्टिँदा एक जनाको मृत्यु

डोल्पामा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको हो । सुलिगार्डदेखि फोक्सुन्डो जाने सडक खन्ने क्रममा बुधबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दुर्घटनामा परी जाजरकोट नलगाड नगरपालिका ११ बस्ने १७ वर्षीय हेमराज सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार डोजरमा च्यापिएर सिंहको मृत्यु भएको हो ।

त्रिपुरासुन्दरी नगरपालिका ११ का १५ वर्षीय एकराज बुढाको हात खुट्टामा चोट लागेको डिएसपी पाण्डेले जानकारी दिए । उनको हात खुट्टामा चोट लागेकाले उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब ३०० सय मिटर तल खसेको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १८:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया