थप ९४ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । 

हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५५ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा तीन हजार १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । गत २४ घण्टामा भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । 

हाल नेपालमा ९५४ जना आइसोलेसनमा र ४९ जना क्वारेन्टाइनमा छन् । हालसम्म कुल २२ लाख २४ हजार २९३ जनाको पिसिआर परीक्षण गरिएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १९:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया