महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाब

नागरिक समाजका अगुवा डा‍. सुन्दरमणि दीक्षितले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाब दिएका छन् । 

बुधवार काठमाडौंमा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र महन्थ ठाकुर हुने बताएका हुन् ।

अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन लोभ देखाएमा कांग्रेस पूरै नांगिने भन्दै उनले कांग्रेसका लागि सरकारभन्दा पार्टी बलियो बनाएर चुनावमा जानु फाइदाजनक हुने सुझाब दिए । 

यदि प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तरता चाहने हो भने पनि विश्वासको मत लिनुपर्ने, ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्ने उनले बताए । 

अहिले मुलुकले एकदमै असल प्रधानमन्त्री खोजेको उल्लेख गर्दै त्यसका लागि ठाकुर उपयुक्त पात्र भएको बताए । उनले भने, ‘महन्थजी कांग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन।’ 

ठाकुरलाई भारतका नरसिंह रावसँग तुलना गर्दै उनले भने, ‘सबैलाई मिलाएर लैजाने व्यक्ति हो। प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन। संसदको झैझगडा हुँदैन। कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ।’ 





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १९:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया