नेपाल-भारत यातायात खुलाउन सिसिएमसीको सिफारिस
फाइल तस्बिर

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले नेपाल र भारतको बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

नेपाल-भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषदलाई सिफारिस गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

गत चैत्र ११ गतेदेखि नेपालमा कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल-भारत यातायात हालसम्म ठप्प रहेको छ । 

यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसिएमसीका सचिव बरालले बताए । 





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १२:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया