स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।
मन्त्रालयका अनुसार थप १ जना संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । अहिलेसम्म नेपालमा तीन हजार १५ जनाको कोभिडका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जनाएको छ । पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २२ लाख २७ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ । हाल एक हजार आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।