राखेप कार्यकारी समितिमा कुँवर र बस्याल मनोनित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी समितिमा दुई सदस्य मनोनित भएका छन् । नयाँ नियुक्ति पाउने सदस्यहरुमा एकेन्द्र कुँवर र नन्दा बस्याल रहेका छन् ।

युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले बोर्ड सदस्य एकेन्द्र र नन्दालाई राखेपको कार्यकारी समितिमा मनोनित गरेका हुन् । मन्त्री तामाङले सोमबार दुवै जनालाई कार्यकारी समितिमा नियुक्त गर्ने निर्णय गरेका थिए ।

कार्यकारी समितिमा मनोनित भएका दुवैले नियुक्तिको पत्र प्राप्त गरिसकेका छन् । ऐन अनुसार मन्त्री तामाङले कुँवर र बस्याललाई कार्यकारी समितिमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

यसअघि, दुवै जनालाई मन्त्रीपरिषद् बैठकले बोर्ड सदस्यमा नियुक्त गरेको थियो । कुँवर सुदूरपश्चिम र नन्दालाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व हुने गरी बोर्ड सदस्यमा नियुक्त गरिएको थियो ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ६:५०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया