प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीको दुई प्रतिवेदन र शोक प्रस्ताव सम्भावित कार्यसूची

पुनःस्थापित प्रतिनिधिसभाको चौथो बैठक आज बस्दै छ । यसअघिका ३ बैठक शोक सभामा सीमित भएकोमा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

लगातार तीनवटा बैठक शोक सभामा परिणत भएको प्रतिनिधिसभाको चौथो बैठक आज बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । 

आजको बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा पनि शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ । संविधानसभाका पूर्वसदस्य अशोक कोइरालाको निधनका कारण शोक प्रस्ताव पेस हुन लागेको हो  । कोइरालाको बुधबार राति विराटनगरमा निधन भएको थियो । 





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ९:१६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया