कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख दिने
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले सहयोग गर्ने भएको छ । जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ दिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता जोशीको उपचारमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

नेता जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल नर्भिक अस्पताल पुगेका थिए । सोहीक्रममा पोखरेलले आर्थिक सहयोगको निर्णय भएको जानकारी दिएका थिए । 

अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । उनलाई जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन् । 

गत फागुन १४ गते मस्तिष्कघात भएपछि जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । जोशीको उपचारमा डा. राजिव झाको नेतृत्वमा चिकित्सक टोलीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार ११:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया