एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक : गौतम जाने, खनाल-नेपालको बहिस्कार

सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि संसदीय दल र त्यसपछि केन्द्रीय समिति बैठक डाकेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आयोजना गरिएको छ । बिहान १० बजे संसदीय दलको बैठक बसेर त्यसपछि केन्द्रीय समितिको बैठक गर्ने ओलीको तयारी छ । 

बैकका लागि पार्टीका सबै केन्द्रीय समिति सदस्यहरुलाई बोलाइएको छ । तर, हिजो आफ्नो समूहको स्थायी समितिको बैठक गरेको खनाल-नेपाल समूहले भने बालुवाटारमा बस्ने बैठक बहिस्कार गर्ने बताइसकेको छ । 

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्वको गरेको उक्त समूह ओलीले बालुवाटारमा राखेको कुनैपनि बैठकमा सहभागी नहुने पक्षमा रहेको छ । उनीहरुले बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्नुपर्ने बताउँदै आएका छन् ।

तर, खनाल-नेपाल समूहले बहिष्कारको निर्णय गरेको दुवै बैठकमा पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुने भएका छन् । गौतम केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी हुने भएका हुन् । 

नेता गौतमले शुक्रबार किसान भेलालाई सम्बोधन गर्दै आफू ओलीले बोलाएको बैठकमा गएर आफ्ना मतहरु राख्ने बताएका थिए । उनले खनाल-नेपाल पक्षलाई पनि बैठकमा गएर आफ्ना फरक मत राख्न आग्रह गरेका थिए । 



गत फागुन २८ गते ओली पक्षले एकलौटी निर्णय गरेको भन्दै खनाल-नेपाल पार्टीमा समानान्तर गतिविधिमा सक्रिय रहेको छ । गौतम पनि उक्त निर्णयको विरुद्धमा रहेका छन् । उनले बैठकमा आफ्ना धारणा राख्ने बताएका छन् । 



  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार ८:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया