बाँस्कोटा उवाच : आँखाभरि अमेरिका देख्नेले एअरपोर्ट नबना रे !
फाइल तस्बिर

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले निजगढ एअरपोर्ट नबनाउनका लागि दवाव दिन आन्दोलनमा उत्रिएका व्यक्तिहरु एनजिओका मान्छे भएको बताएका छन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत युवाहरुले वनको महत्व बुझ्नु राम्रो भएको बताएका छन् । तर, विकासका काममा एनजिओको एजेण्डा बोकेर आउनु सही नभएको उनले लेखेका छन् । 

फँणिल, जामुनु, क्यामुनु, बयर र पानी अमलाको रुख तथा झ्याङ नदेखेकाले वनको महत्व बुझ्नु राम्रो भएको बाँस्कोटाको भनाइ छ । तर, त्यति कुरा भन्न एक हेक्टर खर्कमा भोटे टिम्बुर र चुत्रो खेती गर्न पुग्ने खर्च प्रदर्शनी तालिम कै लागि गरेछन् भन्दै उनले व्यङ्ग्य गरेका छन् ।

युवाहरुलाई माइतीघरमा प्रदर्शनका लागि तयार गराउन ठूलोमात्रामा खर्च भएको प्रदर्शनीबाट देखिएको बाँस्कोटाको भनाइ छ । उनले निजगढ एअरपोर्टको विरोध एनजिओका विकासको दुःख भएको पनि बताएका छन् । 

अहिलेको युवा पुस्ताको ध्यान कता छ भन्ने विषयमा पनि बाँस्कोटाले वचनवाँण हानेका छन् । बाँस्कोटा लेख्छन्, 'आँखाभरि अमेरिका देख्नेले एअरपोर्ट नबना रे । विचरा! एन जि ओ का विकास दुःख ।'





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १०:३७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया