ओली हटाउन बाबुरामको आह्वान : अगाडिको बाघलाई पहिले लघारौँ, स्यालहरूसँग लड्दै गरौँला

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अहिलेका लागि सत्ता समीकरणभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फल्नु पहिलो जिम्मेवारी भएको बताएका छन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अहिलेको यक्ष प्रश्न कोसँग सत्ता समीकरण गर्ने अथवा लाभ लिने भन्ने हुँदै नभएको बताएका छन् । उनले कोबाट अहिले बढी लाभ लिने भन्ने विषयमा प्रश्न गर्ने अवस्था नै नभएको बताए । 

तत्कालका लागि अधुरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसाद रूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने मुख्य कुरा भएको डा. भट्टराईको भनाइ छ । 

अहिले अगाडि आएको बाघलाई पहिले लघार्नुपर्नेमा डा. भट्टराईको जोड छ । उनी लेख्छन्, 'अगाडि आएको बाघलाई पहिले लघारौँ, पछाडिका स्यालहरूसँग लड्दै गरौँला । कुनै गल्ती नगरौं !'





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार ११:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया