के गायत्री मन्त्रले रोक्छ कोरोना ? हुन थाल्यो अध्ययन

गायत्री मन्त्रबारे हामीले विभिन्न समयमा विभिन्न कुराहरु सुन्दै आएका छौँ । अब पछिल्लो समय यही मन्त्रबारे नयाँ खुलासा भएको छ । त्यसो त यो प्रमाणित भइसकेको छैन तर भारतमा विज्ञान मन्त्रालयले नै यसको प्रयोगिताबारे अध्ययन गर्न थालेको छ । अनि यो अध्ययन जोडिएको छ, कोरोनाभाइरससँग । 

कोरोनाभाइरस संक्रमित व्यक्तिले गायत्री मन्त्रको उच्चारण गर्नु र प्राणायाम गर्दा छिटो स्वास्थ्य हुनेबारे अब अध्ययन हुन थालेको हो ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको क्लिनिकल ट्रायल रजिस्ट्री बोर्डले यो अध्ययन सुरु गरेको हो । यसका लागि कोरोना संक्रमित २० जनामाथि अध्ययन थालिएको आजको भारतीय पत्रिका द हिन्दूमा प्रकाशित गरिएको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १५:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया