संसदीय दलको बैठकमा उपस्थित वामदेव केन्द्रीय समिति बैठकमा अनुपस्थित

नेकपा एमाले ओली समूहको केन्द्रीय कमिटी बैठक अहिले बालुवाटारमा चलिरहेको छ । यसअघि बालुवाटारमा नै ओली पक्षका सांसदहरुको बैठक बसेको थियो । यो बैठकमा यसअघि नेपाल समूहमा भएको केही सांसद पनि पुगेका थिए । बैठकमा नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए ।

तर, संसदीय दलको बैठक सकिएको केही समयमा सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा गौतम उपस्थित भएका छैनन् । 

यसअघि संसदीय दलको बैठकमा गौतमले आफूलाई कुनै पार्टीको ह्विप नलाग्ने बताएका थिए । उनले आफू राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएकाले कसैको पनि ह्विप नलाग्ने बताएका हुन् । 

गौतम किन ओली समूहले बोलाएको बैठकमा सहभागी भएनन् भन्नेबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् । तर, स्वयं गौतमले यसबारे केही बताएका छैनन् । 
 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १६:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया