१३ वर्षे झड्केलो छोराको गोलीबाट अमेरिकी सेनाको मृत्यु

अमेरिकी प्रहरीले त्यहाँका एक सेनाको हत्याको आरोपमा उनकै १३ वर्षका झड्केलो छोरालाई हिरासतमा लिएको छ । किशोरले गोली चलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । 

टेक्सासको फोर्ट ब्लिसमा तैनाथ ३१ वर्षका एलन एडवार्डको उनकै झड्केलो छोराको गोलीबाट मृत्यु भएको डेली मेलले जनाएको छ । १३ वर्षका ती किशोरले आफ्नी आमालाई कुटपिट गरेको भन्दै गोली चलाएका हुन्।

गत आइतबार राति आफ्नी आमालाई कुटपिट गर्न थालेपछि ती किशोरले ती सैनिकसँग भएको बन्दुक खोसेर कयौँपटक उनीमाथि गोली प्रहार गरेका थिए।

सन् २००८ मा अमेरिकी सेनामा भर्ती भएका एडवार्ड अफगानिस्तानमा तैनाथ भइसकेका सेना थिए।

एक वर्ष अगाडि मात्र ती किशोरकी आमासँग एडवार्डले विवाह गरेका हुन् । गत जुलाईमा उनीहरुबाट छोरी जन्मिएको थियो।





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १८:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया