भक्तपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यु

शनिबार भक्तपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० चितापोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो । 

बा ४ ख ९८१० नम्बरको टिपरले मे ८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलको पछाडि बसेकी उनी दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

टिपर चालक सिन्धुपाल्चोकका २३ वर्षीय सुनील तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक सीताका छोरा प्रकाशलाई भने केही भएको छैन । 





  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार २०:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया