'नेपाली हिटलरले राज्यकाे शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ'
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा पनि हिटलरको उदय भइरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै भट्टराईले यस्तो बताएका हुन् । 

सामाजिक सञ्जालमार्फत हिटलरको भनाइको उदाहरण दिँदै डा. भट्टराईले प्रधानमन्त्री ओली व्यक्ति केन्द्रित शक्ति प्राप्तिमा लागेको बताए । नेपालमा हिटलरको रुपमा ओलीको उदय भइरहेको पनि उनले बताएका छन् । 

'पहिले उनीहरू यहुदीविरूद्ध जाइ लागे, म बोलिँन । किनकि, म यहुदी थिइनँ । अन्त्यमा उनीहरू म विरूद्ध आइलाग्दा कोही पनि बोलेनन्, किनकि कोही पनि बाँकी थिएनन्' भन्ने हिटलरको भनाइको उदाहरण दिँदै डा. भट्टराईले नेपालमा पनि अहिले ओलीको उदय भइरहेको लेखेका छन् । 

नेपालमा हिटलर उदय भइरहेको बताएका डा. भट्टराईले नयाँ हिटलरले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउन लागेको भन्दै सजग गराएका छन् । उनले लेखेका छन्, 'नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ । उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !'





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार ८:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया