ओलीलाई गद्दार भन्दै राजेन्द्र राईको टिप्पणी : सांसद पद जाओस् तर प्रतिगामीसँग सम्झौता हुँदैन

नेकपा एमालेका नेता राजेन्द्र कुमार राईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षमाथि थालेको कारवाहीबारे तिखो प्रतिक्रिया दिएका छन्।

शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय लिएको विषयमा राईले तिखो प्रतिक्रिया दिएका हुन्। 

उनले कारवाही भए पनि, सांसद पद नै गए पनि प्रतिगामीहरुसँग नझुक्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई प्रतिगामीको संज्ञा दिँदै उनले निरंकुशता र जनविरोधी दुष्कार्यसँग सम्झौता नगरिने उनले बताए। 

'कारवाही हुन्छ, जनप्रतिनिधि पद पनि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन', उनले भने, 'न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ।'

उनले प्रधानमन्त्री ओलीतिर संकेत गर्दै कम्युनिष्टभित्र प्रतिक्रान्तिकारी र गद्दारहरू जन्मिरहने बताएका छन्। 'यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी,गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन्', उनले भने, 'तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन र रोकिने पनि छैन।'





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार ११:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया