सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १७४५ .३१ डलर र चाँदी प्रतिऔंस २६. २४ डलर मा कारोबार भएको छ।





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १२:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया