logo-img

यस्तो छ ओलीलाई शक्तिशाली बनाउने एमालेको संशोधित विधान (पूर्ण पाठ)

नेकपा एमालेले शनिबार बालुवाटारमा संसदीय दलको बैठक राखेर दलको विधान-२०७२ मा महत्वपूर्ण संशोधन गरेको छ। 

उक्त संशोधन अनुसार दलको विधानमा उल्लिखित विभिन्न अधिकार नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमा केन्द्रित गरेको छ। संशोधित विधान अनुसार संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने वा हेरफेर गर्ने अधिकार एमालेले अबदेखि अध्यक्ष ओलीलाई दिएको छ। 

एमाले संसदीय दलको संशोधित विधानअनुसार अब प्रतिनिधिसभाका सदस्यले मात्र दलको नेता छान्‍न पाउने भएका छन्। दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार नेकपा एमाले संसदीय दलको विधान-२०७२ लाई महत्त्वपूर्ण सुझावसहित पारित गरेको हो। 



एमाले केन्द्रीय कमिटीबाट पारित भएको संशोधित विधानअनुसार अबदेखि एमाले संसदीय दलको नेता प्रतिनिधिसभाका सदस्यहरुले मात्रै निर्वाचित गर्न पाउने भएका छन्। 

एमाले संसदीय दलको केही दिनअघिको बैठकले प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको विधान संशोधन कमिटी बनाएको थियो। उक्त कमिटीले शनिबारको बैठकमा विधान संशोधन प्रस्तुत गरेको थियो। संशोधित विधानमा २९ सदस्यीय संसदीय बोर्ड बनाइएको छ। 



प्रधानमन्त्री ओलीले शक्ति केन्द्रित गर्दै समानुपातिक सांसद हटाउने अधिकार पनि आफैँमा लिएका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले संसदीय दलले गरेको विधान संशोधनलाई पारित गरेपछि समानुपातिक सांसद हटाउन सक्ने अधिकार पार्टी अध्यक्षलाई दिएको हो।

संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्‍ने या हेरफेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई नै प्रत्यायोजन गर्ने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 



यसैगरी, संशोधित विधान अनुसार पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षमा प्रत्यायोजन गरिएको छ।

बैठकले संसदीय दलको बोर्ड समावेशी बनाउने निर्णयसहित त्यसमा  कम्तीमा एकतिहाइ महिला अनिवार्य  गरिने निर्णय लिएको प्रमुख सचेतक भट्टराईले बताए। अबदेखि संसदीय दलको बोर्डको सचिवको काम मुख्य-प्रमुख सचेतकले गर्ने उनले जानकारी दिए।

संशोधित विधानको पूर्ण पाठ

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया