जोशी परिवारले अस्वीकार गर्‍याे सरकारको १० लाख सहयोग

मस्तिष्काघात भएर गम्भीर अवस्थामा उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ लिन जोशी परिवारले अस्वीकार गरेको छ ।

नर्भिक अस्पतालमा उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका थिए । जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका उनले सहयोगबारे जानकारी गराएका थिए ।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीका परिवारले सो रकम लिन अस्वीकार गरेका छन् । 





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १७:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया