स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७७ सङ्क्रमित थपिएको जनाएको छ ।
तीन हजार १८१ जनाको पिसिआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ ।
हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् ।
हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । हाल निको हुने दर ९८.६ प्रतिशत रहेको छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।
हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु संख्या शून्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।