सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका महानिरीक्षक पुरस्कृत

आर्थिक वर्ष ०७५ /७६ को लेखा परीक्षणको  बेरुजु फर्छ्योटमा उत्कृष्ट स्थान प्राप्त गरेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल  र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पुरस्कृत भएका छन् ।

गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आइतबार गृह मन्त्री माननीय रामबहादुर थापा बादलले उनीहरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरेका हुन् । आगामी दिनमा समेत निर्दिष्ट लक्ष्यअनुसार बेरुजु फर्छ्योट कार्यमा लगनशील एवं सक्रिय कार्य सम्पादनको अपेक्षा समेत गरिएको प्रशंसा पत्रमा उल्लेख छ । 

यसै गरी आर्थिक वर्ष ०७४/ ७५ सम्मको  बेरुजु फर्छ्योटकाे प्रगतिमा  सर्वोत्कृष्ट स्थान हासिल गरे बापत अघिल्लो वर्ष समेत महानिरीक्षक खनाल पुरस्कृत भएका थिए ।





  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १९:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया