सुन तोलामा २ सयले घट्यो

नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुन सोमबार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आज नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।  





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १३:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया