एनभिए भलिबल लिगको प्रशारण अधिकार मिडिया हबलाई

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको प्रशारण अधिकार मिडिया हबले प्राप्त गरेको छ ।

राष्ट्रिय भलिबल संघ र मिडिया हबबीच सोमबार प्रशारण सम्झौता भएको हो । सम्झौता पत्रमा संघका महासचिव जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष निरोज मास्के र मिडिया हबका प्रबन्ध निर्देशक सोम धितालले हस्ताक्षर गरे । 

सम्झौतासँगै मिडिया हबले भलिबल संघलाई ४ लाख १० हजार उपलब्ध गराउने छ र प्रशारणको सम्पूर्ण अधिकार प्राप्त गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रयोजनमा नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगिता चैत १६ देखि २६ सम्म काठमाडौंमा हुनेछ । 

प्रतियोगितामा ८ पुरुष र ६ महिला टोलीको सहभागिता रहनेछ । सिंगल राउन्ड रोविनाका आधरमा हुने छ ।

दुवै तर्फका विजेता टोलीले समान ३–३ लाख प्राप्त गर्नेछन् । उप विजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७६ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउने छन् । 



प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार प्राप्त गर्ने छन् ।
 



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १४:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया