मेयर्स कप महिला टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको ललितपुर मेयर्स महिला टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

क्यानले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार उद्घाटन खेलमा प्रदेश–१ विभागीय टोली नेपाल एपिएफको समना गर्नेछ । खेल बिहान ९ बजे हुनेछ ।

सोही दिन दिउँसो १ बजे हुने खेलमा ललितपुर मेयर्स ११ ले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।

चैत २१ देखि २८ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा गएको पुसमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० प्रतियोगिताका सेमिफाइनल प्रवेश गर्ने चार टोली (प्रदेश–१, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम) सहित ललितपुर मेयर्स ११ टोलीको सहभागी रहनेछन् । 

प्रतियोगिताको विजेताले ३ लाख, उप विजेताले १ लाख ५० हजार, सर्वोकृष्ट खेलाडीले २५ हजार, विधागत उत्कृष्ट हुनेले जनही १५ हजार र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् । 

सिंगल राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताका लागि ललितपुर महानगरले क्यानलाई २० लाख उपलब्ध गराएको छ ।




 



  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १६:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया