सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लबले दोस्रो जित निकाल्दा ओसिस र सानेपा क्लबले बराबरी खेलेका छन् ।
खालीबारीले सोमबार एन्फा सातदोबाटोस्थित एन्फा कमप्लेक्समा मनोहरा युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
७८ औं मिनेटमा इमान लामाले गरेको एक मात्र गोल खालिबारीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।
दोस्रो जित निकालेको खालिबारीले ३ खेलबाट ६ अंक जोड्दा पहिलो हार बेहोरेको मनोहराले पनि समान खेलबाट ६ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेलेका छन् ।
यो नतिजासँगै जितबिहीन दुवै टोलीले समान ३ खेलबाट १–१ अंक जोडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।