नेकपा (माओवादी केन्द्र)ले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेत्री पम्फा भुसालले जानकारी दिएकी छिन् ।
उनका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुनेछ । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ समीकरण बन्न नसकेको कांग्रेस र जनता समाजवादीको बुझाइ छ । तर, माओवादीले भने ओलीको विकल्पमा सरकार बनाउने पहल पूरा नभई समर्थन फिर्ता लिँदा झन् समस्या पर्न सक्ने बताउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।