तोलामा तीन सयले घट्यो सुन

नेपाली बजारमा मंगलबार सुन–चाँदीको भाउ ओरालो लागेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहको छ।





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १४:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया