१४ अंकले उकालो लागेर बन्द भयो, तेस्रो दिनको सेयर बजार

साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक १४ अंकभन्दा बढीले वृद्धि भएको छ । हिजो अर्थात् सोमबार २४ अंकले घटेर २५१४.३९ बिन्दुमा बन्द भएको सेयर बजार आज १४.५७ अंकले बढेर २५२८.९६ बिन्दुमा पुगेको हो । 

नेप्से परिसूचक बढेसँगै बजारमा राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि न्यून अंकले बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स  ०.०९ अंकले बढेर ४४८.९० बिन्दुमा पुगेको छ । समग्र नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । सोमबार २४ अंकले घटेको सेयर बजारमा २११ वटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर कुल ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले देखाएको छ । तर, मंगलबार भने २०८ वटा कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर कुल ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण आज पनि बढी देखिएको छ । आज पाँचवटा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य हाइड्रोपावर कम्पनीको सेयरमूल्य पनि उच्च दरले बढेको छ ।

यस दिन साल्ट ट्रेडिङको सेयरमूल्य १० प्रतिशतले बढ्दा व्यापार उपसमूहको सूचक ९.३४ प्रतिशतले बढेको छ । हाइड्रोपावर उपसमूहको सूचक यस दिन ५.८४ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको सूचक ४.९७ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ६ उपसमूहको सेयर नकारात्मक देखिएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १६:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया