एक सय ८८ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एक सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  

चार हजार ३२ जनामा गरीएको परीक्षणमा एक सय ८८ जना संक्रमण थपिएको हो । 

हालसम्म दुई लाख ७६ हजार दुई सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जनाले कोरोना भाइरसको संक्रमणबाट निको भएको छ । 

हालसम्म दुई लाख ७२ हजार ९७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । 

नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भने कसैको मृत्यु भएको छैन । 





  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १७:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया