बुधबारबाट पदाधिकारीविहीन बन्दै लोकसेवा आयोग

लोकसेवा आयोग भोलि बुधबारबाट बाट पदाधिकारीविहीन हुने भएको छ । ०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदै छ । 

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष उमेश मैनालीले आयोग पदाधिकारीविहीन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताए ।  

तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने मैनालीले बताए । यस्तै, सरकारी उच्च पदका बढुवाका अन्तर्वार्ता सबै रोकिने अवस्था रहेको पनि उनले बताए । 

निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास समेत अध्यक्ष मैनालीले व्यक्त गरे । सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो । 

विभेद हटाउन माग 

आयोग अध्यक्ष मैनालीले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको बताए । सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको उनले बताए । 



निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको, तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको उनले खुलासा गरे ।  

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले संघीय संसदमा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको जानकारी दिए । 



  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १७:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया