मासा युनाइटेडको जितमा अनिता एक्लैको १६ गोल
कराची विमन्स ३५–०ले पराजित

नेपाली खेलाडी सम्मिलित मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लगातार तेस्रो जित दर्ता गरेको छ । 

नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको मासाले मंगलबारको खेलमा कराची वुमेन्समाथि ३५–० को फराकिलो जित दर्ता गरेको हो । एकतर्फी बनेको खेलमा नेपालका चारै खेलाडीले गोल गरे । 

टिमको जितमा अनिता केसीले १६, सरु लिम्बूले १०, गीता राना र एन्जिलाले समान २–२ गोल गरे । अरिबा ३ र सम्रोज सिम्रोनले २ गोलको योगदान दिए । 

अनिताले ११,१३,१६,१९,३७,४०औँ मिनेटमा, पहिलो हाफको थप गरिएको समयमा, ५५,५७,६०,७०,७३, ८७,८८,८९औँ मिनेटमा र दोस्रो हाफको थप गरिएको समयमा गोल गरिन् ।

सरुले ३४,५०,५६,६७,६९,७१,७६,७८,९०औँ मिनेटमा र दोस्रो हाफको थप गरिएको समयमा गोल गरिन् ।

गीताले चौथो र आठौँ मिनेटमा गोल गर्दा एन्जिलाले ३९ र ४३औँ मिनेटमा गोल गरिन् । अरिबाले पहिलो, ५२ र ६२औँ मिनेट र सम्रोजले ७औँ र १८औँ मिनेटमा गोल गरे ।



यसअघि मासाले पहिलो खेलमा सियालकोट सिटीलाई १९–० र दोस्रो खेलमा हाइअर एजुकेसन कमिसनलाई ४–० ले हराएको थियो ।



  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार १७:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया