भीम रावलको गम्भीर आरोप : राष्ट्रहितविरुद्ध शक्तिहरूसँग ओलीको 'साँठगाँठ'

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत रावलले ओलीमाथि आरोप लगाएका हुन् । 

नेता रावलले प्रधानमन्त्री ओली विभिन्न शक्तिहरूसँग राष्ट्रहित विपरीत साँठगाँठ गर्न तल्लीन भएको आरोप लगाए । आफ्नो कुर्सीका लागि अ‍ोली गलत बाटोमा रहेको उनको भनाइ छ । 

प्रधानमन्त्री ओली सत्ता र कुर्सी जोगाउनका लागि देशको दीर्घकालीन हितसँग जोडिएका विषयमा प्रतिकुल असर पर्नेगरी शक्तिहरुसँग साँठगाँठमा रहेका नेता रावलको आरोप छ । 

नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकालीन हित र महत्वको विषयमा प्रधानमन्त्री ओली कुर्सी जोगाउनका लागि शक्तिहरुसँग साँठगाँठमा रहेको नेता रावलले आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओली राष्ट्रहित विपरीत शक्तिकेन्द्रसँग साँठगाँठ गर्न तल्लीन भएकाले देशभक्त नेपालीहरु सजग हुनुपर्ने नेता रावलको भनाइ छ । उनले सबै नेपालीलाई ओलीको कदमसँग सजग रहन पनि अपिल गरेका छन् । 





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १०:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया