धुम्बाराहीबाट थापाथली हाइटमा सारिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।
ओलीले आज नयाँ केन्द्रीय कार्यालयको निरीक्षण गरेका हुन् । धुम्बाराहीबाट थापाथली हाइटमा सारिएको नयाँ कार्यालय निरीक्षणका लागि ओली मध्यान्ह थापाथलीमा पुगेका छन् ।
यसअघि कार्यालय रहेको धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन खाली गर्नुपर्ने भएपछि एमालेले नयाँ ठाउँ खोजि गर्दा थापाथली छानिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।
एमालेको स्थायी पार्टी कार्यलय मदननगर बल्खुमा छ । तर, २०७२ मा गएको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सारेको थियो ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।