केन्द्र मोशनको कब्जामा पल र मलिका
फरकधार / ११ चैत, २०७७

पछिल्लो समय म्युजिक भिडियोमा निक्कै जमेको जोडी हो पल शाह र मलिका महतको । उनीहरुले सँगै अभिनय गरेको ‘फुलबुट्टे सारी’ निक्कै रुचाइयो । गीतमा उनीहरुको जोडीलाई पनि रुचाइयो ।



यो गीतमा केन्द्र मोशन पिक्चर्सले मलिका र पललाई लिएर म्युजिक भिडियो निर्माण गरेको थियो । केन्द्र मोशन पिक्चर्सले नै ‘टाढा भएपनि’ बोलको गीतमा पनि यही जोडीलाई लिएर म्युजिक भिडियो निर्माण गर्यो । अब भने यो जोडी ठूलो पर्दामा देखिने भएको छ ।

केन्द्र मोशन पिक्चर्सले पल र मलिकालाई नयाँ सम्झौतामा साइन गराएको छ ।  केन्द्र मोशनले अबको ६ महिनाका लागि पल र मलिकालाई आफ्नो बनाएको छ । 

अबको छ महिना यो जोडीले केन्द्र मोशन बाहेकका अन्य म्युजिक भिडियोमा काम गर्न पाउने छैनन् । यो ६ महिनामा केन्द्र मोशनले यो जोडीलाई लिएर १० वटा म्युजिक भिडियो निर्माण गर्ने भएको छ ।



सम्झौता गरिएको समयावधिमा पल र मलिकाले छुट्टाछुट्टै प्रोजेक्टमा भने काम गर्न पाउने छन् । केन्द्र मोशनले पल र मलिकाको जोडीलाई लिएर चलचित्र बनाउने तयारी पनि थालेको छ । ६ महिनापछि चलचित्रको काम सुरु हुन सक्ने केन्द्र मोशनले जनाएको छ ।

  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १२:५१:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया