कलाकारको समय नमिल्दा पछाडि धकेलियो 'प्रसाद-२' को छायांकन

तीन वर्षअघि प्रदर्शन भएको चलचित्र ‘प्रसाद’को दोस्रो सिरिज निर्माणको औपचारिक घोषणा भएको लामो समय भयो । औपचारिक घोषणाको लामो समय गुज्रँदा पनि चलचित्रको छायांकन कार्य भने सुरु हुन सकेको छैन ।

यो चलचित्रको औपचारिक घोषणा हुँदा कलाकार नम्रता श्रेष्ठ र सौगात मल्लले अन्य कुनै काममा हात हालेका थिएनन् । यी दुवै कलाकार यो चलचित्रको शीर्ष भूमिकाका लागि अनुबन्धित भएका थिए । तर, अहिले यि दुवै कलाकार छुट्टाछुट्टै २ चलचित्रको काममा निस्किएका छन् ।

अभिनेत्री नम्रता श्रेष्ठ विनयसँग जोडी बाँधेर नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । यो चलचित्रका लागि नम्रता वैशाख र जेठ पूरै व्यस्त रहने छिन् । चलचित्रको छायांकन सिक्किममा हुँदैछ । यता निर्देशक निश्चल बस्नेत आफ्नो नयाँ चलचित्र ‘जिन्दावाद’का लागि लोकेशन हेर्न निस्किएका छन् ।

चलचित्र दुई शीर्ष कलाकार अन्य चलचित्रमा व्यस्त भएपछि ‘प्रसाद-२’को छायांकन सुरु हुन समय लाग्ने देखिएको छ । सुभाष थापाले निर्माण गर्न लागेको यो चलचित्रको छायांकन ढिला हुनुमा कलाकारको समय नमिल्नु ठूलो कारण भएको निर्माण पक्षले जनाएको छ ।

‘प्रसाद–२’ लाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १३:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया