कोरोना महामारीः भारतका १८ राज्यमा भेटियो नयाँ भेरियन्ट, यसअघिको भन्दा दोब्बर शक्तिशाली
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले काेराेनाविरुद्धकाे खाेप लगाएका थिए ।

कोरोनाभाइरस महामारीका कारण विश्व आक्रान्त बनेको अब एक वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पनि यो महामारी तत्काल विश्वबाट हराउने छाँटकाँट देखिएको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका १८ राज्यमा अहिले कोरोनाभाइरसका नयाँ भेरियन्ट भेटिएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार यो डबल म्युटेन्ट पावरको भ्यारियन्ट भेटिएको हो ।

यसका कारण भारतमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या बढेको हुनसक्ने अनुमान गरिएको छ । तर, अहिले भारतमा कोरोना संक्रमितको संख्या बढ्नुमा यो भेरियन्ट जिम्मेवार भए नभएको उल्लेख गरिएको छैन ।

पछिल्लो समय विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या फेरि द्रुत गतिमा बढ्न थालेको छ । भारतमा भेटिएको यो नयाँ भेरियन्टका कारण रोग प्रतिरोधात्मक क्षमतामा थप समस्या देखिएको पनि बताइएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले यो नयाँ म्युटेसनका कारण थप चिन्ताजनक अवस्था आउन सक्ने बताएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १६:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया