फेरि आइसोलेसन र क्वारेन्टिनको तयारी, गृहले थाल्यो तयारी

भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि यसको असर देखिन थालेको अधिकारीहरुले बताउन थालेका छन् । यसअघि नेपाल सरकारले नेपालमा पनि तत्काल भेला तथा सम्मेलन नगर्न अनुरोध गरिसकेको छ । 

यतिमात्र होइन, नेपालमा कोरोना संक्रमितको संख्या थपिन सक्ने र यो थप भयावह हुनसक्ने भन्दै देशभरका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे बुझ्न र विवरण संकलन पनि गर्न थालिएको छ ।

गृहका एक अधिकारीले दिएको जानकारीअनुसार मन्त्रलायले ७७ वटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे बुझ्नका लागि परिपत्र गरिएको छ ।

गृहले यसअघि स्वास्थ्य मन्त्रालयले गरेको अनुरोधलाई पनि परिपत्र गर्ने भएको छ । स्वास्थ्यले पछिल्लो समय समस्या बढ्न सक्ने भन्दै भीडभाड नगर्न अनुरोध गरेको थियो ।





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया