गण्डकी प्रदेश लोकसेवाका पदाधिकारीले लिए शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । 

प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए । 

आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

०७६ साउनमा गण्डकी प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ गण्डकी प्रदेशसभाबाट पारित भएको थियो । 

नवनियुक्त पदाधिकारीले आजै पोखराको मुस्ताङ चोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका थिए । आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया