थप १४५ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३९ सय ६३ स्वाब पिसिआर परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ।

बुधबार ९० जनालाई कोरोना निको भएको छ । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।

हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १७:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया