काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई कारवाही गर्ने भएको छ ।
भारतमा पछिल्लो समय कोरोनाको संक्रमण बढेको र जोखिम बढेको भन्दै नेपालमा पनि आवश्यक सुरक्षा अपनाउन थालिएको हो ।
नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौंमा होली पर्व भीडभाडमा नमनाउन अनुरोध गरिएको छ ।
त्यस्तै, अब काठमाडौंमा भौतिक दूरी अपनाउनु पर्ने, अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम ल्याइएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड नमान्नेलाई कारवाही गरिने पनि प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।